श्रीलङ्काको राजनीतिक सङ्कट बढ्दो, झडपमा एकजनाको मृत्यु

 कात्तिक १२, २०७५ सोमबार ८:४८:५७ | एजेन्सी
unn.prixa.net

श्रीलङ्कामा देखिएको राजनीतिक संकटका बीचमा भएको प्रदर्शनमा आइतबार एक जनाको ज्यान गएको छ ।

पूर्व क्रिकेट कप्तान तथा सांसद अर्जुन रनातुङ्गाको कार्यालयमा राष्ट्रपति समूहले हातपात गर्न खोजेपछि मन्त्रीका गार्डले चलाएको गोली लागि एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

राष्ट्रपति मैत्रीपाल सिरिसेनाले रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरी पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेपछि देखिएको राजनीतिक अन्यौलमा श्रीलंकाका विभिन्न ठाउँमा झडप भैरहेको छ । आर्जुन रनातुङ्गा रनिल विक्रमासिङ्घेको सरकारका पेट्रोल मन्त्री थिए । 

प्रहरीका अनुसार रनातुङ्गा कार्यालय प्रवेश गर्ने क्रममा प्रदर्शनकारीले रोकेका थिए । प्रदर्शनकारीले रनातुङ्गाविरुद्ध नाराबाजी गरेका थिए । चर्को नारबाजी र झडप पछि मन्त्रीका गार्डले गोली चलाएका थिए । 

गोली लागी घाइते भएका ३४ वर्षीय युवकलाई कोलोम्बो नेशनल अस्पतालमा भर्ना गरी उपचार गर्दैगर्दा मृत्यु भएको एएफपीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया