१८८ जना यात्रु सवार रहेको विमान समुद्रमा खस्यो

 कात्तिक १२, २०७५ सोमबार ९:४९:५० | एजेन्सी
unn.prixa.net

इन्डोनेसियाको जाकार्ताबाट पांकल पिनांग जान लागेको विमान दुर्घटनामा परेको छ । घरेलु यात्रु बोकेर उडेको विमान विमानस्थलबाट उडेको १३ मिनेटमा नै समुद्रमा खसेको हो । 

जानकारीका अनुसार विमानमा १८८ जना सवार थिए । इन्डोनेशियाको सर्च एण्ड रेस्क्यू एजेन्सीका प्रवक्ता  यूसुफ लतीफले विमान दुर्घटनामा परेको पुष्टि गरेका छन् । हराएको विमान बोइंग–७३७ म्याक्स ८ हो । 

संसारभरको उडानको जानकारी राख्ने वेबसाइट फ्लाइटराडरको डाटामा लायन एयर फ्लाइट जेटी–६१० स्थानीय समयअनुसार बिहान करिब ६:२० बजे विमानस्थलबाट उडेको करिब १३ मिनेटपछि समुद्रमा खसेको देखाएको छ । सिग्नल टुट्नु केहीबेर अघि विमान करिब ३६५० फिट उचाइमा थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया