बाराको महागढीमाई नगरपालिकामा झडप, ११ जना घाइते

 कात्तिक १२, २०७५ सोमबार १४:०:४० | जयनारायण यादव
unn.prixa.net

बारा – बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा सोमबार बिहान छठघाटको निर्माणको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा ११ जना घाइते भएका छन् ।

मठवा टोल र कचहरिया टोलका स्थानीय बासिन्दाबीच झडप भएको हो । स्थानीय झगरु महतो र बिजय साह कानु समूहबीच छठ घाटको मण्डपका लागि आवश्यक जग्गाको विषयलाई लिएर झडप भएको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले बताउनुभयो ।

झडपमा गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सचिव मोतीलाल कुशवाहा, छठ घाट पूजा समिति मठवा टोलाका संयोजक झगरु महतो, मुक्ती साह कानु, राजकुमार कुशवाहा, जयनारायण जैसवाल, अशोक साह कानुसहित ११ जना घाइते भएका छन् ।

घाइतेहरुको कलैया र बिरगंजमा उपचार भैइरहेको बारा प्रहरीले जनाएको छ । कचहरिया टोलका बासिन्दाले छठको लागि मण्डप निर्माण गर्न मठवा टोलको जग्गामा खम्बा गाडेपछि विवाद उत्पन्न भैई झडप भएको प्रहरीले जनाएको छ ।

स्थिती नियन्त्रणमा लिन प्रहरी निरीक्षक धर्मजंग सिंहको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया