सानिमाले ल्यायो  आकर्षक ‘शुभलक्ष्मी जीवन बीमा योजना’

 कात्तिक १२, २०७५ सोमबार १४:३७:२० | उज्यालो सहकर्मी

काठमाडौं – समाजका विभिन्न तह र तप्काका मानिसलाई लक्षित गरी सानिमा बैंकले ‘शुभलक्ष्मी९सावधिक० जीवन बीमा योजना’ प्रस्तुत गरेको छ । 

यस योजनामा बीमा गर्दा कम्पनीको मुनाफामा सरिक हुन पाइने र परिस्थितिअनुसार बीमा रकमको तीन गुणासम्म बीमा सुविधा पाइने बैंकले जनाएको छ । गरिब मध्यम तथा निम्नस्तरीय नागरिकलाई लक्षित गरी यो योजना ल्याइएको छ ।  

सरल बीमा शुल्कमा १० लाख रुपैयाँसम्मको बीमा गर्न पाइने आकर्षक बीमा सुविधा भएको नवीनतम बीमा योजना भएकोले जीवन बीमाको क्षेत्रमा उत्कृष्ट सावित हुने दावी बैंकले गरेको छ ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया