सप्तरीमा ठूलो परिमाणको विष्फोटक पदार्थ बरामद

 कात्तिक १२, २०७५ सोमबार २०:६:२९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरी प्रहरीले ठूलो परिमाणमा विस्फोटक पदार्थ ‘पटाका’ लगायतका सामग्रीहरु बरामद गरेको छ ।

तिहार र छठ पर्वलाई लक्षित गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको झण्डै तीन लाख रुपैयाँ मूल्य बराबरको विस्फोटक पदार्थ ‘पटाका’ बरामद गरिएको हो ।
चोरीपैठारीको माध्यमबाट तिहार र छठ पर्व आउनु अघि नै भण्डारण गर्ने तथा चाडपर्वको बेला लुकिछिपी बिक्री वितरण गर्ने उद्देश्यले ल्याउँदै गरेको फुलझडी, चिरचिरी, बुलेट बमलगायतका विस्फोटक पदार्थहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

तिहार तथा छठ पर्वमा रमाइलोका लागि प्रयोग गरिने यस्ता विष्फोटक पदार्थले आगलागी, चोटपटक र अंगभंगका घटनाहरू घट्ने गरेकोले विस्फोटक पदार्थ पटाका आयातमा कडाई गरिरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको विष्फोटक सामग्री जिल्ला प्रहरी कार्यालय परिसरमै पत्रकारहरुको रोहबरमा सोमबार नष्ट गरिएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया