डाक्टर उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था स्थिर

 जेठ २६, २०७५ शनिबार ७:४०:१५ | उज्यालो सहकर्मी

काठमाडौं – वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था स्थिर रहेकाे छ ।

गएको वैशाख १५ देखि काठमाडौंको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचार गराइरहेका ६१ वर्षका डाक्टर देवकोटाको स्वस्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उहाँलाई शुक्रबार बेलुकी गाह्रो भएपछि भेन्टिलेटरमा राखिए पनि अहिले भने भेन्टिलेटरबाट निकालिएको छ । उहाँको कलेजोको भेट्नोमा मासु पलाएको र पित्त थैलीमा क्यान्सर भएको डाक्टरले बताएका छन् ।

बेलायतमा रहँदा क्यान्सर निको पार्न गरिने किमो थेरापीले कुनै प्रतिक्रिया नदिएपछि उहाँ गएको बैशाख १५ गते स्वदेशमै मृत्युवरण गर्ने भन्दै फर्कनुभएको हो । स्वदेश फर्केकै दिन उहाँ विमानस्थलबाट सोझै अस्पताल जानुभएको हो ।

अस्वस्थ भएपछि गएको मंसिरमा वेलायत गएका देवकोटा उपचार असम्भव भएपछि पाँच महिनापछि नेपाल फर्कनुभएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया