सिमेन्ट बोकेको ट्रक त्रिशुली नदीमा खस्यो, चलकसहित दुईजना बेपत्ता

 जेठ २६, २०७५ शनिबार ७:५२:० | सिताराम अधिकारी

धादिङ – पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १० जोगिमाराबाट शुक्रबार राति सिमेन्ट बोकेको ट्रक त्रिशुली नदीमा खस्दा दुई जना हराइरहेका छन् ।

भैरहवाबाट सिमेन्ट लिएर काठमाडौंका लागि छुटेको ना ५ ख ३४१५ नम्बर को ट्रक सडकबाट ९० फिट तल त्रिशुल नदीमा परेर हराएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमल्सीनाले जानाकारी दिनुभयो  ।

सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीय ट्रक चालक टोपबहादुर श्रेष्ठ,  ट्रकका सहचालक १९ वर्षका तुलसी दुलाल हराइरहेका  छन् । नदीमा ट्रक समेत डुबेको अबस्था छ । त्यो दुर्घटनामा एक जना घाइते भएकोले उनको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । 

बेपत्ता भएकाको खोजी कार्य भइरहेको भए पनि नदी बढेकोले खोज कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ । 

    

अन्तिम अपडेट: बैशाख १०, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया