नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर, विशेष राहदानीवाहकलाई बिनाभिषा प्रवेश दिइने

 कात्तिक १३, २०७५ मंगलबार १७:३९:२३ | रासस
unn.prixa.net

दोहा – नेपाल र कतारबीच सहमति र समझदारीसम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको हो । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानीवाहकलाई प्रवेशज्ञाबिना आवतजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ । त्यो सहमतिपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका तर्फबाट उपप्रधान तथा विदेश मन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले हस्ताक्षर गर्नु भएको छ । 

त्यसैगरी कृषि तथा खाद्य सुरक्षामा दुई देशबीच सहयोग आदानप्रदानसम्बन्धी अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यो समझदारीपत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र कतारका तर्फबाट वातावरण तथा नगरपालिकासम्बन्धी मन्त्री मोहम्मद बिन अब्दुल्ला अलले हस्ताक्षर गर्नु भएको छ । 

परराष्ट्र मन्त्री ज्ञवालीले ती सहमतिबाट दुई देशबीचको सम्बन्ध, सहयोग र सहकार्य अझ फराकिलो हुने विश्वाश व्यक्त गर्नु भएको छ । 
 

अन्तिम अपडेट: चैत ४, २०८०

1 Comments

  • Jaya Rai

    Oct. 30, 2018, 8:27 p.m.

    यसमा मख्ख पर्नुपर्ने ठुलै कारण देखिएन / देशमा कृषिजन्य उत्पादन बढाउन सके यो मुल्यवान बजार हुन सक्छ /देशमा जति बेसिक काम गर्न सक्यो, विदेशमा मूल्य मान्यता त्यहि अनुसार बढ्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया