राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्था सुधार हुँदै

 जेठ २६, २०७५ शनिबार ९:१६:५० | उज्यालो सहकर्मी

काठमाडाैं – भारतको मेदान्त अस्पतालमा उपचार गराइरहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ठोस खानेकुरा खुवाउन थालिएको छ ।

यसअघि तरल पदार्थ मात्र खुवाइएकोमा स्वास्थ्यमा सुधार हुँदै गएपछि ठोस खानेकुरा खुवाउन थालिएको उहाँको परिवारले बताएको छ । अहिले उहाँको आन्तरिक रक्तश्राव रोकिएको र छातीको समस्या पनि हटेका डाक्टरले बताएका जेठा छोरा इन्दिवर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार घिमिरेलाई सोमबारसम्म अस्पतालमै राखेर उपचार गरेपछि अब के गर्ने भन्ने बारेमा निर्णय हुनेछ ।

यसअघि १० दिन मेदान्त अस्पतञालमै उपचार गरेर गएको शनिबार स्वदेश ल्याइएका राष्ट्रकवि घिमिरेलाई आइतबारदेखि फेरि आन्तरिक रक्तश्राव हुनुका साथै श्वासप्रस्वासमा समस्या भएपछि सोमबार भारतको मेदान्त अस्पताल लगिएको हो । अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया