माथिल्लो तामाकोशी अर्को वर्षको कात्तिकमा मात्र

 कात्तिक १४, २०७५ बुधबार १४:२५:४० | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले अर्को वर्षको कात्तिकमा मात्र बिजुली उत्पादन गर्ने भएको छ । 

यसअघि यसै वर्षको पुसबाट पहिलो युनिटमार्फत ७६ मेगावाट र चैतभित्रमा पूर्ण क्षमतामा चलाउने तयारी थियो । तर  काममा ढिलाई भएपछि २०७६ सालको असारमा मात्र सुरुङमा पानी पठाउने र आउँदो वर्षको कात्तिक ३ गते मात्र व्यापारिक रुपमा विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ । 

प्राधिकरणले ३०७३ सालको असारमा सक्ने जनाएको थियो । तर भूकम्प र नाकाबन्दीले आयोजनामा ढिलाई भएको आयोजनाले जनाएको छ  ।

आयोजना निर्माण गर्दा ३५ अर्ब २९ करोड  लागत अनुमान थियो यो बढेर ४९ अर्ब २९ कराेड पुग्ने माथिल्लो तामाकोसी हाइड्रो पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले जानकारी दिनुभयो । 

यो रकम आयोजनाको ब्याजबाहेकको रकम हो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया