सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजना: बासु बने पहिलो महिनाकाे लखपति

 कात्तिक १४, २०७५ बुधबार १४:३६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ उपहार योजना अन्तर्गत पहिलो महिनाको एक लाख रुपैयाँ बासु थापा क्षेत्रीले जितेका छन् ।
कम्पनीेका प्रबन्ध निर्देशक चन्द्र टण्डनले विजेता थापालाई पुरस्कार प्रदान गर्नुभयो ।

यो योजना असोज १ गते देखि मंसिर २९ गते सम्मलागू हुने र यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुन सक्ने बताइएको छ ।

योजना अन्तर्गत विद्युतीय लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १२ जनाले रु २०० को मोबाइल टप अप पनि जित्न सक्नेछन् । 

त्यसैगरी साप्ताहिक रुपमा तीनजना विजेताहरुले दश हजार रुपैयाँ र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले एक लाख रुपैयाँ जित्न सक्नेछन् ।

उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार   १२ लाख रुपैयाँ जित्नेछन् ।

 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया