तीन महिनादेखि फ्रिजमा राखिएको तीन क्विन्टल मासु नष्ट, पसल सिलबन्दी

 कात्तिक १४, २०७५ बुधबार १५:१७:१८ | भवानीप्रसाद पाण्डे

रुपन्देही – बुटवलमा तीन महिनादेखि भण्डारण गरी राखिएको तीन क्विन्टल मासु बरामद गरी नष्ट गरिएको छ । 

वाणिज्य कार्यालय भैरहवाका प्रमुख वेदप्रकाश उपाध्यायका अनुसार बुटवलको इँटाभट्टीमा रहेको कुरेसी मासु पसलमा बुधबार जिल्ला अनुगमन टोलीले गरेको अनुगमनको क्रममा तीन वटा डीप फ्रिजमा राखिएको २२८ किलो खुट्टा, ७४ किलो टाउको र ८ किलो भुँडी बरामद गरिएको हो । 

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको नेतृत्वमा भएको अनुगमनका क्रममा त्यो परिमाणको मासु बरामद भएपछि मासु पसललाई सिल गरिएको छ । बरामद गरिएको मासु तिनाउ नदी किनारमा लगेर नष्ट गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया