भ्रष्टाचार मुद्दामा पर्यटन बोर्डका पूर्वनिर्देशक निरौलाले जेल बस्नु नपर्ने

 कात्तिक १४, २०७५ बुधबार १७:५४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सर्वोच्च अदालतले भ्रष्टाचारको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका नेपाल पर्यटन बोर्डका पूर्व निर्देशक सुभाष निरौलालाई जेल नबसी पुनरावेदन मुद्दा लड्न अनुमति दिएको छ । 

प्रधानन्यायधीश ओमप्रकाश मिश्र र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले निरौलाले धरौटी राखेर पनि पुनरावेदन मुद्दा लड्न पाउने फैसला गरेको हो । पर्यटन बोर्डमा रहँदा ८० लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले गएको फागुनमा निरौलालाई ७ वर्ष जेल सजाय तोकेको थियो । 

विशेष अदालतको फैसलाविरुद्ध निरौलाले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । सर्वोच्चको आजको फैसला नुसार अब उनले सर्वोच्चबाट मुद्दाको किनारा नलाग्दासम्म जेल नबसी धरौटी मात्र बुझाए पुग्नेछ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया