न्यायाधीश श्रीमानको हस्ताक्षर र औँठाछाप किर्ते गरी जन्मदर्ता बनाइदिने श्रीमती पक्राउ

 कात्तिक १४, २०७५ बुधबार २०:१५:४८ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – हस्ताक्षर र औँठाछाप किर्ते गरेको अभियोगमा सर्वाेच्च अदालतका न्यायाधीशकी पत्नी पक्राउ परेकी छिन् ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता राउतलाई किर्ते अभियोगमा सोमबार उदयपुर प्रहरीले पक्राउ गरेको हो । न्यायाधीशका बाबु बलबहादुर राउतको जाहेरीले बुहारी ललितासहित उनका दाजु बाबुराम चौहान र भाउजूलाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको हस्ताक्षर र औँठाछापसमेत किर्ते गरेर अरुकै बच्चालाई आफ्नो भनेर जन्मदर्ता गराएको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव निरीक्षक ध्रुव श्रेष्ठले बताउनुभयो ।

कटारी नगरपालिका वडा नम्बर ३ बाट नक्कली जन्मदर्ता गराएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि किर्ते मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया