यातायात क्षेत्रको सिन्डिकेट अन्त्य, प्रतिस्पर्धामा जान व्यवसायी तयार

सिन्डिकेटधारीले घुँडा टेके

 बैशाख २४, २०७५ सोमबार ८:९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, वैशाख २४ - यातायातका क्षेत्रमा रहँदै आएको सिन्डिकेट हटाएर प्रतिस्पर्धामा जान व्यवसायी तयार भएका छन् । सरकार र यातायात व्यवसायीका प्रतिनिधिबीच आइतबार अबेरसम्म भएको छलफलमा सिन्डिकेट हटाउने सहमति भएको हो ।

यातायात व्यवसायीहरु आन्दोलन फिर्ता गर्न र कम्पनीमा जान सहमत भएका हुन् । वार्तामा भएका सहमति सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ ।

सरकारले यातायात समिति र संघलाई कम्पनीमा दर्ता हुन भनेपनि यसको विपक्षमा रहेका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका थिए । व्यवसायीको आन्दोलनविरुद्ध सरकार आक्रामक रुपमा प्रस्तुत भयो । आन्दोलनमा उत्रिएका व्यवसायीलाई पक्राउ गर्दै सरकार रुट परमिट खारेज गर्ने प्रक्रियामा लागेपछि सिन्डिकेट पक्षधरका व्यवसायी गलेका हुन् ।

देशभर पक्राउ परेका सिन्डिकेट पक्षधरका व्यवसायी रिहा भैसकेका छन् । आफ्ना गाडीलाई कम्पनीअन्तर्गत दर्ता गरी सञ्चालन गर्ने र सिन्डिकेट नगर्ने कागजमा हस्ताक्षर गरेपछि उनीहरु रिहा भएका हुन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया