चन्दा उठाउनकै लागि केहीले अझै पनि क्रान्ति भन्दैछन् : प्रधानमन्त्री ओली

 जेठ २६, २०७५ शनिबार १२:५६:४६ | उज्यालो सहकर्मी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीउ धनसँग खेलबाड गर्ने छुट कसैलाई नरहेको बताउनुभएको छ ।

प्रदेश नम्बर १ को प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकलाई आतंकित पार्ने, हिंसाको कुरा गर्नेलाई निर्वाचित सरकारले नछाड्ने चेतावनी दिनुभयो । विप्लव प्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले कोही चन्दा उठाउनकै लागि अझै पनि क्रान्ति भन्दै हिँडेको बताउनुभयो । अब नागरिकको शासन स्थापित भइसकेको भन्दै उहाँले अब कसका लागि आन्दोलन, कस्का लागि क्रान्ति भन्दै प्रश्न पनि गर्नुभयो ।  

सार्वभौमसत्ता, अखण्डतामा प्रश्न उठाउने विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने उल्लेख गर्दै उहाँले पृथकतावाद, बिखण्डनवाद, भौगोलिक अखण्डतालाई बिथोल्ने काम स्वीकार्य हुनै नसक्ने बताउनुभयो ।  

सबैको सहभागितामा देशविकासमा सरकार लागिरहेको भन्दै उहाँले नागरिकलाई आतंकित पार्दै  हिंसाको कुरा गरेर अनुचित बाटोमा नलाग्न पनि सबैलाई आग्रह गर्नुभयो । 


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया