आफ्नो खेतको पराल जलाउँदा अरुको खेतको पाँच लाख बराबरको धान जलेर नष्ट

 कात्तिक १५, २०७५ बिहिबार २०:१४:४५ | गोपाल भण्डारी

कपिलवस्तु – धान बालीमा आगलागी हुँदा मायादेवी गाउँपालिकाको वडा नं. ४ पिपरामा ५ लाख रुपैयाँ बराबरको धान जलेर नष्ट भएको छ । 

धान काट्ने मेशिन कम्बाइनले धान काट्दा खेतमै छाडिएको पराल जलाउने क्रममा अरुको खेतमा रहेको ५ लाख रुपैयाँ मूल्य बराबरको धान बाली जलेर नष्ट भएको हो । 

स्थानीय राम अचल चमारले आफ्नो खेतमा रहेको पराल जलाउने क्रममा त्यही आगोबाट त्यसै गाउँपालिका वडा नं. ४ का रामकेश बढाई, रामदास लोध, बैतुल्लहा मुसालमान, रामकुमार यादवल गायत १५ जनाको खेतमा आगलागी भई करिब ५ लाख बराबरको धान क्षति भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सन्तोष पोखरेलले बताउनुभयो । 

धानको पराल जलाउने क्रममा धान खेतमा आगो लागेको यो घटना जानकारीमा आउनासाथ जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले तुरन्तै सर्वजानिक सूचना प्रकाशित गरी यस्तो कार्य नगर्न र नगराउन आदेश गरेको छ । 

यो आदेशलाई अटेर गरी धान खेतमा रहेको पराल जलाउने काम गर्ने जो कोहीलाई सार्वजनिक अपराध अन्र्तगत मुद्धा दायर गरी कारबाही प्रक्रिया अघि बढाइने सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया