‘रिचार्ज एण्ड विन’ अफर : आठौं हप्तासम्ममा ८७ जनाले पाए १ लाख

 कात्तिक १६, २०७५ शुक्रबार ६:३३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एनसेल प्राईभेट लिमिटेडले चाडपर्वको अवसरमा संचालन गरिरहेका ‘रिचार्ज एण्ड विन’अफर अन्तर्गत बिहीबार आठौं हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही रु एक लाख जित्ने ‘रिचार्ज एण्ड विन’ १० हप्तासम्म संचालनमा रहने अफर हो । भदौ १७ गतेबाट सुरु भएको यस अफर अन्तर्गत आठौं हप्ताका विजेताहरु कात्तिक १३ गते एपीवान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रममार्फत छानिएका हुन् ।

एनसेलले आठौं हप्ताका भाग्यशाली विजेताहरु मध्येका चार जनालाई बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी जनही नगद रु एक लाख पुरस्कार प्रदान गरेको हो । एनसेलका सेक्युरिटी तथा जेनेरल सर्भिसेज् निर्देशक महेन्द्रकुमार भट्टचनले आठौं हप्ताका चार विजयीहरु – तिलक कुमाल (गुल्मी), महेशप्रसाद भट्ट (कञ्चनपुर), दिवश लामिछाने (रौतहट), र जितमान बराली (गोर्खा) लाई जनही रु १००,००० नगद पुरस्कार हस्तान्तरण गरेका हुन् । 

आठौं हप्ताका छानिएका १० विजयी मध्ये दुई जना योजनाको शर्त बमोजिम पुरस्कारका लागि अयोग्य ठहरिएकाले उनीहरुको स्थानमा दुई नयाँ भाग्यशाली विजेता ग्राहकको छनौट नवौं हप्तामालाइभ ड्र मार्फत नै हुने एनसेलले बताएको छ । दुई नयाँ विजयीहरु आठौं हप्ताका लागि वितरण गरिएको कोड नम्बरहरुबाट नै छानिने छन् ।

‘रिचार्ज एण्ड विन’अफर अन्तर्गत सातौं हप्ताका विजेता मध्येका एक ताप्लेजुङ्गकी पद्मा कुमारी पौडेललाई एनसेलले बुधबार पुरस्कार प्रदान गरेको थियो । उनलाई कम्पनीले आफ्नो बिर्तामोडमा रहेको एनसेल सेन्टरबाट पुरस्कार हस्तान्तरण गरेको हो । त्यसैगरी पाँचौं हप्ताका भाग्यशाली विजेता मध्येका एक सिरहाका सन्तोष कुमार साहले कात्तिक ८ गते आफूले पाएको पुरस्कार एनसेल सेन्टर लाहानबाट ग्रहण गरेका थिए ।   
   
यस अफर अन्तर्गत आठौं हप्तासम्ममा ७८ जना भाग्यशाली विजेताहरुले जनही रु एक लाख जित्न सफल भएका छन् । यी मध्ये ५० जनाले आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने प्रमाणित भइसकेकासमेत गरी बाँकी २८ विजयीहरुलाई आवश्यक प्रक्रिया समापन भए लगतै काठमाडौं लगायत उपत्यका बाहिर अवस्थित एनसेल सेन्टरहरुबाट नगद पुरस्कार प्रदान गरिने छ । 
 
‘रिचार्ज एण्ड विन’ अफरमा साताभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन् । यस अन्र्तगत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनह रु एक लाख नगद पुरस्कार पाउँछन् । नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्दछ ।  
 
यो योजना एनसेलले साप्ताहिक चक्रमा संचालन गरिरहेको छ, जसको सुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ । ग्राहकले आइतबारदेखि शनिबारसम्मको अवधिमा गरेको प्रत्येक रु १०० बराबरको रिचार्जका आधारमा एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन् ।
 
प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकहरुको छनौट मंगलबार प्रत्यक्ष प्रशारण हुने लाइभ ड्र कार्यक्रममार्फत गरिन्छ । चर्चित व्यक्तित्वहरुको उपस्थितिमा हुने यो कार्यक्रम मंगलबार साँझ ७ः०० बजे एपिवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुन्छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया