थाइल्याण्डमा रोमान्स गर्दै दीपिका र दिवाकर

 कात्तिक १६, २०७५ शुक्रबार १२:५७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईले ४ वर्षपछि आफूहरु एकअर्काको प्रेममा रहेको खुलाए । मिडियामा उनीहरुको प्रेमको बारेमा विभिन्न खबर छापिँदासमेत उनीहरुले प्रेम अस्वीकार गरेर ती खबरहरुको खण्डन गर्दै आएका थिए । 

तर गएको आइतबार थाइल्याण्ड उडेको यो जोडीले शनिबार मात्रै आफूहरु प्रेममा रहेको खुलायो । शनिबार बिहानै सामाजिक सञ्जालमा एक तस्बिर शेयर गर्दै उनीहरुले आफ्नो सम्बन्धको खुलासा गरेका हुन् ।  

उनीहरुले आफूहरु प्रेममा रहेको मात्रै खुलाएनन् इन्गेजमेन्ट गरेर सदाका लागि एक भएको  समेत सार्वजनिक गरे । अर्को कुरा उनीहरुले आफूहरुले केही समय अघि नै कानुनी रुपमा विवाह गरिसकेको सार्वजनिक गरे । 

आफूहरुको सम्बन्ध सार्वजनिक गरेलगत्तै थाइल्याण्ड पुगेको यो जोडीले यतिबेला एकअर्कासँग क्वालिटी टाइम बिताइरहेको छ ।  खासमा यो अवसर उनीहरुलाई एउटा विज्ञापनले जुराएको हो । दीपिका एउटा विज्ञापनको छयांकनको क्रममा  थाइल्याण्ड जाने क्रममा साथमा दीवाकर पनि गएको बुझिएको छ ।

यो समय उनीहरुको लागि निकै नै सुन्दर रहेको हामी उनीहरुले शेयर गरेका तस्बिरहरुमा देख्न सक्छौँ ।  नेपालमा हुँदा ४ वर्षसम्म आफ्नो सम्बन्ध लुकाउन सकेको यो जोडीले थाइल्याण्ड पुगेर आफूहरुको प्रेम खुल्लम खुल्ला देखाएको छ । 

उनीहरुले एकअर्कालाई किस गरेका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गर्दै माया व्यक्त गरिरहेका छन् ।

यतिबेला दीपिका अभिनित दोस्रो सिनेमा छक्का पञ्जा ३ चौथो सातामा प्रदर्शन भैरहेको छ । उता दिवाकर पनि सिनेमा क्याप्टेनको छायाकंन सकेर बसेका छन् । उनले यो सिनेमा निर्देशन गरेका हुन् ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया