साप्ताहिक शेयर समीक्षा: वाणिज्य बैंकले लाभांश बाँड्न थालेसँगै तरलता सहज हुने अनुमान

 कात्तिक १६, २०७५ शुक्रबार १७:३४:४५ | ज्याेति दाहाल
unn.prixa.net

काठमाडाैं - शेयरबजारमा हुने कारोबार, घटबढ भन्दा पनि वाणिज्य बैंकले लाभांश कहिले घोषणा गर्लान् भनेर आँखा तानेर बसेका लगानीकर्ताको लागि चालु सप्ताहान्त विशेष रह्यो।

गएकाे बिहीबार सानिमा बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । 

त्यस्तै त्यसको भोलिपल्ट शुक्रबार एभरेष्ट बैंकले पनि लाभांश घोषणा गरेको छ ।

ठूलो चाड दसैं-तिहार परेको र कारोबारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंकले लाभांश पनि घोषणा नगरेको अवस्थामा लगानीकर्ता पर्ख र हेरको स्थितिमा रहेर कारोबार गरिरहेकोमा सानिमा र एभरेष्ट बैंकले लाभांश घोषणा गरेर बाटो पहिल्याइदिए झैँ भएको छ। 

बजारले बोनसको आशा गरिरहेकोमा नगद आउँदा केही दिन नकारात्मक हुनसक्ने अनुमान गर्न सकिन्छ ।

पहिलो त्रयमास सकिएर अर्को महिना सुरु भएको आधा समय बित्दासमेत वाणिज्य बैंकले वित्तीय प्रतिवेदन सार्वजनिक नगरेको बेला माछापुच्छ्रे बैंकले उत्साहप्रद वित्तीय विवरण सार्वजनिक गरेको छ ।

थोरै समयमा बढेको अत्याधिक पूँजी अनुरुपको नाफासहितको विवरण सार्वजनिक भएको छ । 

अब छिट्टै नै सुरु हुन लागेको स्वचालित विद्युतीय कारोबार प्रणालीले केही हदसम्म भए पनि कारोबारलाई विस्तार गर्न सक्ने सम्भावना रहेको छ ।

स्वचालित कारोबार भने पनि आदेश मात्र प्रविष्ट हुने हुँदा पूर्ण स्वचालित भने अहिले तत्काल हुने छैन । लेनदेन गर्न भने दलाल कार्यालयमा नै पुग्नुपर्नेछ । 

कारोबारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंकले नगद लाभांश बाँड्न सुरु गरेकोले कम्तिमा २० वटा वाणिज्य बैंकले सरदर १ अर्ब बराबरको नगद लाभांश बाँड्ने अनुमान गर्दा अबको दुई महिना भित्रमा २० अर्ब रकम बजारमा आउनेछ र यसले तरलतालाई थप सहज गर्ने अनुमान गर्न सकिन्छ ।

यसरी बजारमा आउने २० अर्बले थप बचत सिर्जना गर्नेछ । यसरी बाहिरिने रकमले कम्तिमा ३ तहसम्म बचत सिर्जना गर्नसक्छ । सामान्यतया यस्तो बचत ५ तहसम्म सिर्जना हुनसक्छ तर आयातको लागि पैसा बाहिरिने हुँदा कम्तिमा ३ तहको मात्र बचत सिर्जना हुने अनुमान गरिएको हो । 

यस हप्ता र अघिल्लो हप्ताको कारोबार विवरण तालिकामा देखाइएको छ ।

रकमको हिसाबले उच्च कारोबार भएका कम्पनी निम्न रहेका छन् ।

यस साता प्रभु बैंकको सबैभन्दा धेरै २ लाख ९५ हजार कित्ता शेयर कारोबार भएर पहिलो भएको छ । त्यसपछि १० स्थानमा क्रमशः गुर्खाज फाइनान्स ९संस्थापक०, जनता, मेगा, एनआईसी एसिया, सिभिल, ग्लोबल, सानिमा र एनएमबी रहेका छन् ।

यस हप्ता पनि १४ सय ८४ वटा कारोबार भएर कालिका पावर कम्पनी अग्रपंक्तिमा आएको छ । त्यसपछि क्रमशः पन्चकन्या माई हाइड्रोपावर ९१ हजार २१०, प्रभु बैंक ९६७८०, नेपाल सेवा लघुवित्त ९६६००, नाडेप लघुवित्त ९६०८०, मेगा बैंक ९५८३०, जनता बैंक ९५०२०, बुटवल पावर कम्पनी ९४६३०, एनएमबी बैंक ९४३६० र एनआईसी एसिया ९४२६० रहेका छन् ।

सूचकको उतारचढाव

नयाँ शेयररहकप्रद

मध्य भोटेकोशी जलविद्युत कम्पनीले कर्मचारी संचय कोषका बचतकर्ता, ऋणदाता कम्पनीका कर्मचारी र प्रवर्द्धक कम्पनीका कर्मचारीका लागि आउँदे कार्तिक २८ गतेबाट शेयर बिक्री खुला गर्ने भएको छ ।

त्यस्तै विवादास्पद एभरेष्ट इन्सुरेन्सले साधारण शेयर धारकलाई संस्थापक बनाउने गरि जारी गर्न लागेको १ सय ५ प्रतिशत हकप्रद शेयरको लागि कार्तिक २७ गते बुक क्लोज गर्ने भएको छ ।

हिमालय उर्जा विकासको साधारण शेयर दोलखा जिल्लाका साविकका श्यामा, माली, शहरे, च्यामा र रामेछापका साविकका चुचुरे, ठोसे, रसनालु, बेताली, नामाडी र फुलासीवासीले मात्र आवेदन गर्न पाउनेछन् । 

घोषित लाभांश 

लामो पर्खाइपछि दुईवटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । राष्ट्रियस्तरका ज्योति, गरिमा र महालक्ष्मी विकास बैंकले साधारणसभा सकेर लाभांश वितरणसमेत गरिसकेका छन् । घोषणा भएका तर साधारणसभा आह्वान नभएका कम्पनीको सूची तालिकामा दिइएको छ ।

साधारणसभा

कम्पनीहरुले साधारणसभा समेत सुरु गर्न थालेका छन् ।

मनोनयन, नियुक्ति, राजीनामा

लक्ष्मी बैंकले अजयविक्रम शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बेष्ट फाइनान्सले राजेशप्रसाद मानन्धरलाई कम्पनी सचिवमा नियुक्त गरेको छ ।

अन्य गतिविधि 

चौतारी लघुवित्तले स्वीकृति पाएर पनि प्राथमिक शेयर जारी नगरी विशेष सभा गरि पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सिद्धार्थ बैंकले सिद्धार्थ बैंक (१० दशमलव ५ प्रतिशत ब्याज) ऋणपत्र २०८२ जारी गर्न बाेर्डसँग अनुमति मागेको छ । ऋणपत्रको रकम २ अर्ब रहेको छ । त्यस्तै बाेर्डले सानिमा बैंक ऋणपत्र २०८५ (१० प्रतिशत वार्षिक ब्याज) लाई स्वीकृति दिएको छ । 

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, शुभम् पावर कम्पनी, रुरु जलविद्युत परियोजना, माउन्टेन हाइड्रो, युनियन हाइड्रोपावर, स्वाभिमान लघुवित्त, जनसेवी लघुवित्त, आशा लघुवित्त, स्पर्श लघुवित्त, भैरवकुण्ड हाइड्रोपावरले साधारण शेयर जारी गर्न अनुमति मागेका छन् । 

इक्रा नेपाल लिमिटेडले रुरु जलविद्युत परियोजनालाई इक्रा एनपी ग्रेड ४ प्लस रेटिंग दिएको छ । 

सूर्य लाइफ इन्सुरेन्सले ७० प्रतिशत हकप्रद जारी गर्न अनुमति मागेको छ । वरुण हाइड्रोपावर, सिर्जना फाइनान्स, मिथिला र उन्नति लघुवित्तले पनि हकप्रद जारी गर्न अनुमति मागेका छन् ।

ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१, सिटिजन्स म्युचुअल फण्ड-२, एनएमबी-५०, एनआईसी एसिया ब्यालेन्स फण्ड र नबिल ब्यालेन्स फण्ड-२ ले विभिन्न आकारका म्युचुअल फण्डको लागि अनुमति मागेका छन् ।

ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१ ले अनुमति मागेको धेरै समय बिते पनि अनुमति पाएको छैन । 

बाँकी हालै दर्ता भएका हुन् । त्यस्तै एनआईबीएल क्यापिटलले खुलामुखी म्युचुअल फण्डको अनुमति मागेको भए पनि अनुमति पाएको छैन । 

अन्तिम अपडेट: चैत ३०, २०८०

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया