डाक्टर देवकोटा परिवारसहित जन्मगाउँमा

 जेठ २६, २०७५ शनिबार १४:४९:५९ | किरण लोहनी

बरिष्ठ न्युरोसर्जन डाक्टर उपेन्द्र देवकोटालाई शनिवार उहाँको जन्मगाउँ पु-याइएको छ । 

क्यान्सर रोग लागेपछि उपचार गराइरहेका डाक्टर देवकोटालाई उहाँ जन्मिएको गोरखाको बोहोरागाउँ पु-याइएकाे हो । 

पालुङटार नगरपालिका वडा नम्बर ३ मा पर्ने बोहोरागाउँमा आफु जन्मेको घरमा बस्ने र स्थानीय सिस्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेकाले २ वटा हेलिकोप्टर चार्टर गरेर पुर्याइएको उहाँको परिवारले जनाएको छ । उहाँसँगै उहाँकी श्रीमति र ३ छाेरीहरु पनि छन् ।

काठमाडाैंबाट डाक्टर देवकोटा आउने खबर थाहा पाएदेखि नै उहाँलाई हेर्न र भेट्न स्थानीय वासिन्दा, उहाँका विद्यार्थी, उहाँलाई पढाएका शिक्षक लगायत उपस्थित भएका छन् । 

हेलिकोप्टरबाट पूरै बोहोरा गाउँलाई एक फन्को लगाएपछि उहाँलाई घर नजिकैको चउरमा राखेर त्यहाँबाट स्ट्रेचरमा राखेर जन्मघर लगिएको थियो । 

एउटा हेलिकोप्टरमा उहाँको उपचारमा संलग्न चिकित्सकहरु पुगेका थिए । त्यसको केहीबेरमा अर्को हेलिकोप्टरमा उहाँलाई लगिएको थियो ।

बोहोरा गाउँमा उहाँको परिवारका नजिकका आफन्त कोही नभएपनि देवकोटा खलकहरुको बसोबास भने अहिलेपनि छ । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया