सेवाग्राहीसँग घुस लिएको आरोपमा सप्तरीमा नापी कार्यालयका सर्भेक्षक पक्राउ

 कात्तिक १७, २०७५ शनिबार ६:४६:१० | शुभनारायण यादव

सप्तरी – सेवाग्राहीसँग घुस लिएको आरोपमा शुक्रबार साँझ सप्तरीको कञ्चनरुप नगरपालिकाकास्थित नापी कार्यालयका एक जना सर्भेक्षक रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीसम्पर्क कार्यालयले  कञ्चनरुप नगरपालिकाकामा रहेको नापी कार्यालयका सर्भेक्षक दिपेन्द्र यादवलाई पक्राउ गरेको हो । जग्गाको क्षेत्रफल सुधार गर्ने कार्यका लागि यादवले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।  

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत २३, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया