जुम्लामा तारा एयरको विमानको टायर पड्कियो, सबै सकुशल

 जेठ २६, २०७५ शनिबार १६:७:४४ | उज्यालो सहकर्मी

जुम्ला – जुम्ला विमानस्थलमा अवतरण गर्ने क्रममा तारा एयरको विमान शनिवार सामान्य दुर्घटनामा परेको छ ।

विमान शनिबार दिउँसो २ बजेर ६ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट १८ जना यात्रु र चालकदलका ३ जना सदस्यसहित जुम्लाका लागि उडेको थियो । 

९ एन ए ई भी कलसाइन रहेको विमानको टायर पड्किएपनि यात्रु र चालकदलका सदस्य सकुशल रहेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।

दिउँसो २ बजेर ४० मिनेटमा अवतरण गर्ने क्रममा अगाडिको टायर पड्केपछि विमान  धावनमार्गबाट बाहिर गएको थियो । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया