सर्लाहीका २० स्थानमा कांग्रेसको मसाल जुलुस

 कात्तिक १७, २०७५ शनिबार १९:३८:५४ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – नेपाली कांग्रेसले शनिबार साँझ सर्लाहीको २० स्थानमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

ने क पा का कार्यकर्ताले  रामनगर बहुर्वाका  कांग्रेस कार्यकर्ता विलास महतोको  गोली हानी  हत्या गरेको आरोपमा कांग्रेसले विरोधको कार्यक्रम   घोषणा  गरेको थियो ।

कांग्रेसले हत्यामा संलग्नलाई कारबाही, घाइतेको निःशुल्क उपचार, मृतकलाई शहीद घोषणा र  मृतक परिवारलाई राहतको दिनुपर्ने माग गरेको छ । प्रशासनले  अहिलेसम्म हत्यामा संलग्नलाई गिरफ्तार नगरेकोले शव नबुझको कांग्रेसका नेता तथा प्रदेशसभाका सांसद  वीरेन्द्र सिंहले बतानुभयो।
 

अन्तिम अपडेट: चैत १५, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया