रौतहटमा आमाछोराको शंकास्पद रुपमा ज्यान गयो

 जेठ २६, २०७५ शनिबार १८:३२:११ | उज्यालो सहकर्मी

रौतहट - रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर १ दिपहीका मरिता यादव र उहाँका चार वर्षीय छोरा रामनको ज्यान गएको छ ।

आमा छोराले आत्महत्या गरेको भनिए पनि घटना शंकास्पद रहेको प्रहरीले बताएको छ । 

आमा छोराले एकै पटक आत्म हत्या गरेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटको टोली घटनास्थल गएको थियो । मृतक मरिताका देवर दिपेन्द्र र देवरानी फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामकुमार दानीले बताउनुभयो ।

श्रीमान नागेन्द्र झण्डै दुई वर्षअघि कामका लागि मलेशिया गएपछि मरिता र उहाँका छोरालाई घरपरिवारले यातना दिने गरेको छिमेकीले बताएका छन् । 
आमाछोराको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको र थप अनुसन्धान थालेको पनि प्रवक्ता दानीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया