चलचित्र यो माया कस्तो मायाको गीत ‘ती ओठहरुमा’ सार्वजनिक

 जेठ २६, २०७५ शनिबार १९:१०:१९ | उज्यालो सहकर्मी

काठमाडाैं - चलचित्र यो माया कस्तो मायाको गीत ‘ती ओठहरुमा’ हालै युट्युबमा सार्वजनिक भएको छ ।

गीतमा चलचित्रका नायक नायिका दिवस धिताल र सभ्यता गिरीलाई फिचर गरिएको छ । मनोरम दृश्य तथा स्थानहरुमा छायाँकन गरिएको गीतमा अञ्जु पन्त र फिरोज बस्नेतको स्वर रहेको छ ।

इन्द्र रजक र समृद्धि श्रेष्ठको निर्माणमा बनेको चलचित्र लाई भूषण आनन्द ठकुरीले निर्देशन गरेका छन् । 

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया