ट्याक्टर दुर्घटनामा दुई मलामीको मृत्यु, ६ जना गम्भीर घाइते

 कात्तिक १८, २०७५ आइतबार १६:१४:३८ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – बेदकोट नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् भने सातजना सामान्य घाइते भएको छन् ।

गाउँलेको मलामी गएर फर्किदै गरेको से १ त ५४२२ नम्बरको ट्याक्टरलाई कुखुरा बोकेको  म १ च ३११ नम्बरको गाडीले ठक्कर दिएपछि दुर्घटना भएको हो । दुर्घटनामा बेदकोट नगरपालिका ४ का ३५ वर्षीया राजु भनिने राजेन्द्र नागरि र सोही ठाँउका ३२ वर्षीया प्रेमसिंह धामीको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका लीप भण्डारी, दीपक धानुक, अनु धानुक, भक्तबहादुर महरा, प्रकाश जोशी र गोविन्दसिंह जाग्रीलाई थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता कृष्णराज ओझाले बताउनुभयो ।

ट्याक्टरले कुखुरा बोकेको गाडीलाई ठक्कर दिएपछि ओभरटेक गरेर अगाडि रोकिपछि दुर्घटना भएको दुर्घटनामा घाइते भएका दयानन्द भट्टले बताउनुभयो । ट्याक्टरलाई ठक्कर दिने गाडीका चालक प्रेमसिंह बोहरालाई नियन्त्रणमा लिएको ओझाले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया