सर्लाहीमा कांग्रेसको विरोध कार्यक्रम केही दिनका लागि स्थगित

 कात्तिक १८, २०७५ आइतबार २०:११:१२ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – नेपाली कांंग्रेस सर्लाहीले  कार्यकर्ता हत्याको विरोधमा गर्दै आएको आन्दोलनको कार्यक्रम केही दिनको लागि फिर्ता लिएको छ ।

आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको छलफलमा  कार्तिक १३ गते  गोली लागेर ज्यान गुमाएका कांग्रेस कार्याकर्ता रामबिलास महतोको परिवारलाई क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँ  दिने, घाइतेको सरकारले निःशुल्क उपचार गर्ने र दोषीलाई तत्कालै पक्राउ गर्ने  सहमति भएपछि आन्दोलन फिर्ता  लिइएको र परिवारले शव बुझेको नेपाली कांग्रेसका नेता तथा सांसद अम्रेशकुमार सिंहले जानकारी दिनुभयो ।

ने क पा का कार्यकर्ताले चलाएको गोली लागेर उनको कार्तिक १३ गते बिहान मृत्यु भएको थियो । घटनामा संलग्न स्थानीय उपेन्द्र महतोलाई  प्रहरीले शनिबार रौतहटबाट पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ । अरु भागेकाहरुको खोजी भैइरहेको सर्लाही प्रहरीले जानएको छ।

अन्तिम अपडेट: चैत १५, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया