छोराले खुकुरी हान्दा बाबु घाइते

 जेठ २६, २०७५ शनिबार २०:२३:५२ | उज्यालो सहकर्मी

भोजपुर - आफ्नै बाबुलाई खुकुरी प्रहार गर्ने अरुण गाउँपालिका–४ चरम्वीका टंक भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

२५ वर्षीय टंकले सामान्य विवाद हुँदा आफ्नै बाबु ५५ वर्षीय दानवहादुरलाई शुक्रवार बेलुकी खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकरी प्रहारबाट दानवहादुरको अनुहार र नाडीमा चोट लागेको छ । उहाँको प्राथमिक स्वास्थ्य केन्द्र प्याउलीमा उपचार हुन नसकेपछि धरान लगिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया