रणवीरले दीपिकाका लागि किने ३२ लाखको मंगलसुत्र

 कात्तिक १९, २०७५ सोमबार १२:३३:४७ | एजेन्सी
unn.prixa.net

अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको विवाह यही नोभेम्बर १४ र १५ मा हुँदैछ । विवाहको मिति नजिकिँदै गएपछि उनीहरुको घरमा पनि विवाहको कार्यक्रम सुरु भैसकेको छ ।

४ नोभेम्बर अर्थात आइतबार रणवीरको घरमा  हल्दी सेरेमनी आयोजना गरिएको थियो जसका केही तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाईरल भएका छन् । हल्दी लगाईसकेका रणवीरले खुशी मुद्रामा सेल्फी लिएका केही तस्बिर सार्वजनिक भएका छन् ।  

५ वर्षसम्म अफेयरका रहेको यो जोडीले इटालीको लेक कोमोमा १४ र १५ डिसेम्बरमा विवाह गर्दैछ । विवाहको लागि रणवीर र दीपिकाले मिलेर गहना पनि किनिसकेका छन् । रणवीरले दीपिकाको लागि २० लाख भारतीय रुपैयाँको मंगलसुत्र किनिदिएका छन् । 

दीपिकाले पनि रणवीर अर्थात हुनेवाला श्रीमानको लागि सुनको सिक्री  किनिदिएकी छिन् । यसको मूल्य भने सार्वजनिक भएको छैन । दीपिकाले आफ्नो लागि दुईवटा हार पनि किनेकी छिन् । त्यस्तै अन्य केही गहना गरेर उनीहरुले एक करोडको गहना किनेको भारतीय मिडियाहरुले जनाएका छन् । 

चाखलाग्दो कुरा के भने रणवीर र दीपिकाले जहाँ सपिङ गरेका थिए त्यो पसलको शटर उनीहरु पुग्नुभन्दा एक घण्टा अगाडि नै बन्द गरिएको थियो ।  बन्द सटरमा मजाले रोजी रोजी दीपिका र रणवीरले गहना किनेका हुन् । 

दीपिका र रणवीरको विवाह कलर कार्डिनेटेड हुनेछ । यसमा परिवारका सदस्यसँगै वेटर्सले समेत ड्रेस कोड फलो गर्नेछन् । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया