रुपन्देही ११ ले उचाल्याे नेपालगञ्ज गोल्डकपको उपाधि

 जेठ २६, २०७५ शनिबार २०:३५:३७ | उज्यालो सहकर्मी

बाँके - बाँकेमा सम्पन्न नेपालगञ्ज गोल्डकप फुटबलको उपाधि रुपन्देही–११ ले जितेको छ ।

बाँकेको डिगाउँमा रहेको  नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालयमा शनिवार भएको फाइनलमा संकटा क्लब काठमाडौंलाई १ शुन्यले हराउँदै रुपन्देहीले लगातार दोश्रो पटक उपाधि जितेको हो ।

रुपन्देहीलाइ जिताउने क्रममा ग्लोरी जोनले निर्णायक गाेल गरे पछि संकटा लगातार दोश्रो पटक उपविजेतामा चित्त बुझाउन बाध्य भयो । 

विजेता रुपन्देहीले पाँच लाख रुपैयाँ पुरस्कार पायो भने उपविजेता संकटाले दुई लाख ५१ हजार रुपैयाँमा चित्त बुझायो ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया