भुटानमा दुईजना नेपालीभाषी मन्त्री : अर्थमन्त्री बने लोकनाथ शर्मा, जयवीर राई शिक्षामन्त्री

 कात्तिक १९, २०७५ सोमबार १६:१२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भुटानमा चुनावपछि मन्त्रिपरिषदको विस्तार भएको छ । प्रधानमन्त्री डाक्टर लोटे छिरिङले १० सदस्यीय टोलीको मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

भुटान पूर्व, पश्चिम, दक्षिण भागबाट तीन–तीन जना मन्त्री बनेका छन् भने एकजना केन्द्रबाट व्यक्ति मन्त्री बनेका छन् । दशजना मन्त्रीमा दुईजना नेपाली ाषी पनि परेका छन् । नेपालीभाषी पनि मन्त्री बनेपछि त्यहाँ रहेका नेपालीलाई केही सहज हुने विश्वास गरिएको छ ।

४७ वर्षीय लोकनाथ शर्मा अर्थमन्त्री बनेका छन् । डुफुचेन–तेडिङ निर्वाचन क्षेत्रबाट उनी विजयी भएका हुन् । राजनीतिक यात्रा सुरु गर्नुभन्दा अगाडि उनी सडक सुरक्षा र सवारी प्राधिकरणको क्षेत्रीय प्रमुख रहेका थिए ।

४५ वर्षका जयवीर राई शिक्षा मन्त्री भएका छन् । उनी पनि नेपाली भाषी हुन् । उनी फुनसोलिङ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन् । उनी सन् २०१३ मा राजनीतिमा प्रवेश गरेका हुन् । राजनीतिमा प्रवेश गर्नुभन्दा अगाडि उनी सीईओ, कन्सल्टेन्टको प्रमुख, ट्रेनर तथा भुटानको रोयल युनिभर्सिटीका अर्थ क्षेत्रका अफिसर थिए ।

६३ वर्षका दासो सेरुब ग्याल्सेन गृहमन्त्री बनेका छन् । ५४ वर्षका यसे पेन्जोर कृषि तथा वन मन्त्री भएका छन् । ५० वर्षका डाक्टर तन्दी दोर्जी विदेशमन्त्री भएका छन् । ४२ वर्षका कर्मा दोनेन वाङ्दी सूचना तथा सञ्चार मन्त्री भएका छन् ।

४२ देचेन वाङमो एक मात्र महिला मन्त्री बनेकी छिन् । उनी स्वास्थ्यमन्त्री भएकी हुन् । ३९ नाम्गे छिरिङ वित्त मन्त्री बनेका छन् । ३९ वर्षका दोर्जी छिरिङ मानव व्यवस्थापन मन्त्री बनेकी छिन् ।

३२ वर्षका युगेन दोर्जी श्रममन्त्री बनेका छन् । प्रधानमन्त्री तथा मन्त्रीहरुले आउँदो नोबेम्बर ७ मा त्यहाँको राजासँग सपथ लिने तयारी छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया