साउदी अरबले पहिलो परमाणु रियाक्टर बनाउने

 कात्तिक २०, २०७५ मंगलबार ७:५९:२७ | एजेन्सी
unn.prixa.net

साउदी अरेबका प्रिन्स मोहम्मद बिन सलमानले परमाणु रियाक्टर बनाउने योजनाको औपचारिक घोषणा गरेका छन् ।

साउदी अरेबियाको समाचार संस्थाको एएफपीका अनुसार क्राउन प्रिन्स मोहम्मदले सोमबार परमाणु रियाक्टर योजनाको घोषणा गरेका हुन् । 

क्राउन प्रिन्सले यो परमाणु रियाक्टर कस्तो हुन्छ भन्ने बारे बताएका छैनन् । जानकारी बाहिर भने ल्याइएको छैन । यसको प्रयोग अनुसन्धान, विकास या शैक्षिक प्रयोजन या अन्य केका लागि हुन्छ भन्ने बारेमा पनि केही बताइएको छैन । 

साउदी अरेबियाले आउँदो दुई दशकमा १६ वटा परमाणु रियाक्टर बनाउने योजना रहेको बताएको छ । यसका लागि झण्डै ८० अर्ब अमेरिकी डलर खर्च हुने बताइएको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया