च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
रुकुम पश्चिम – देउसी खेल्न गएको बेला माइक्रोबसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
नेपालगञ्जबाट रुकुम पश्चिमको मुसिकोट नगरपालिकातर्फ आउँदै गरेको भे १ ज १००० नम्बरको माइक्रोबसले ठक्कर दिँदा सल्यान बागचौर नगरपालिका–१२ कि ३८ वर्षीया कल्पना ओलीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
ओलीसहितको टोली देउसीभैलो खेल्दै रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाको झुल्नेटा बजारतर्फ आउँदै गरेका थिए । सल्यान र रुकुम पश्चिमको सीमाना खौला बजारमा गाडीले ठक्कर दिँदा ओलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।
बाटोमा हिँडिरहेका उनीहरुलाई ठक्कर दिँदा कल्पनाको उपचारको क्रममा ज्यान गएको हो । ठक्करबाट त्यसै ठाउँकी २८ वर्षीया दुर्गा केसी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेको अवस्था सामान्य रहेको र ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयमा डीएसपी खड्काले बताउनुभयो ।