जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
बाँके – बाँकेको खजुरा बजारमा सोमबार बेलुका कारले ठक्कर दिँदा सडक छेउमा बसिरहेकी एक महिलाको ज्यान गएको छ । अरु तीनजना घाइते भएका छन् ।
बा १५ च ७१५० नम्बरको कारले ठक्कर दिँदा खजुरा –३, कि ५५ अमृता ओलीको ज्यान गएको हो । दुर्घटनामा २९ वर्षीया अनिता भण्डारी, ३ वर्षीया अमृता भण्डारी र ९ महिने बालक प्रबल भण्डारी घाइते भएका छन् ।
नेपालगञ्जबाट बर्दिया जाँदै गरेको कारले सडक किनारमा रोकिएको अटोलाई ठक्कर दिएपछि त्यसले नजिकै फलफूल पसलमा बसिरहेकाहरु घाइते भएका हुन् ।
ओलीको भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अन्य घाइतेको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भैरहेको छ । कार चालक बर्दिया बढाइया तालका तेजनाथ पौडेललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक मखनकुमार यादवले जानकारी दिनुभयो ।