दोस्रो टी ट्वान्टी क्रिकेटमा भारतको जित

 कात्तिक २१, २०७५ बुधबार ९:६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

वेस्टइन्डिजविरुद्धको दोस्रो टी ट्वान्टी क्रिकेट पनि भारतले ७१ रनले जितेको छ ।

यो सँगै तीन वटा एकदिवसिय क्रिकेट श्रृंखला भारतले २–० ले आफ्नो पक्षमा पारेको छ । लखनउको अटल विहारी बाजपेयी स्टेडियममा भएको खेलमा भारतले पहिला व्याटिङ गर्दै निर्धारित ओभरमा २ विकेटको नोक्सानीमा १ सय ९५ रन बनाएको थियो ।

भारतका लागि रोहित शर्माले शतकिय पारि खेलेका थिए । ६१ बल खेलका रोहित १११ रनमा नट आउट रहेका थिए । उनले ८ चौका र ७ छक्का प्रहार गरे ।रोहितको टी–२० मा चौथो शतक हो । यो सँगै टी–२० मा सबैभन्दा धेरै शतक बनाउने पहिलो खेलाडी बनेका छन् । दोस्रो नम्बरमा न्यूजिल्याण्डका कलिन मुनरो ३ शतक सहित दोस्रो स्थानमा रहेका छन् ।

पहिलो विकेटका लागि रोहित र शिखर धवनले १२३ रनको साझेदारी गर्दै भारतका लागि बलियो सुरुवात गरेका थिए । शिखर भने ४३ रनमा आउट भए । पहिलो विकेट १२३ रनमा गुमाएको भारतले दोस्रो विकेट भने १३३ रनमा गुमाएको थियो । केएल राहुल २६ रनमा नट आउट रहँदा रिसभ पन्त भने ५ रनमा पेभेलियन फर्किए ।

वेस्टइन्डिजका ख्यारी पेरर र फवियन एलेनले एक एक विकेट लिए । १९६ रनको लक्ष्य पछ्याएको पाहुना टोली वेस्ट इन्डिजले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १२४ रन बनाएको थियो ।

वेस्टइन्डिजका लागि डेरेन ब्राभोले सर्वाधिक २३ रन जोड्दा केमो पलले २० तथा सिमरोन हटमायरले १५ रन जोडे ।
भारतका खलिल अहमद, भुवनेश्वर कुमार, जसप्रित बुमरा र कुलदीप यादबले दुई दुई विकेट लिएका थिए ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया