यो वर्ष चाँडै जाडो बढ्ने

 कात्तिक २१, २०७५ बुधबार ९:२४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौं – यसपटक छिट्टै जाडो सुरु भएको छ । जुम्लाको तापक्रम माइनस ४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले अघिल्ला वर्षहरुमा मंसिरदेखि मात्र चिसो बढ्ने गरे पनि यसपालि एक महिना अघि नै देशभर चिसो बढेको जनाएको छ । अहिले हिमाली जिल्लामा हिमपात हुन थालिसकेको छ ।

यसले गर्दा बिहान र बेलुकी चिसो हावासमेत चल्न थालेको छ । काठमाडौंको न्यूनतम तापक्रम आज ७ डिग्री सेल्सियस छ । यो यो वर्षकै कम तापक्रम हो ।

यस्तै तिहारको तीन दिन देशभरको मौसम घमाइलो हुने मौसमविद्ले अनुमान गरेका छन् । आज, भोलि र पर्सी देशभरकै मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।
तर तीन दिनपछि भने पूर्वी पहाडी क्षेत्रका मौसम आंशिक बद्ली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया