इंग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा श्रीलंकाको खराब प्रदर्शन

 कात्तिक २१, २०७५ बुधबार १८:५४:२९ | एजेन्सी
unn.prixa.net

इंग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा श्रीलंकाले खराब प्रदर्शन गरेको छ । 

पहिला ब्याटिङ गरेको इंग्ल्याण्ड ३४२ रनमा अल आउट भएपछि पहिलो पारी सुरु गरेको श्रीलंका २०३ रनमै समेटिएको थियो । 

पहिलो पारीमा १३९ रनको अग्रता बनाएको इंग्ल्याण्डले आजै दोस्रो पारी सुरु गरेको थियो । दोस्रो दिनको खेल सकिँदा इंग्ल्याण्डले ३८ रन बनाउँदा कुनै पनि विकेट गुमाएको छैन् । अहिलेसम्म इंग्ल्याण्डले १७७ रनको अग्रता लिएको छ । 

श्रीलंकालाई पहिलो पारीमा अलआउट गर्ने क्रममा इंग्ल्याण्डका मोहिन अलीले महत्वपूर्ण ४ विकेट लिएका थिए । यसैगरी ज्याक लिच र अदिल रसिदले दुई–दुई विकेट लिएका थिए । 

सुरुदेखि नै दबाबमा आएको घरेलु टोली श्रीलंकाका लागि एंगेलो म्याथ्यूज र दिनेश चण्डिमलका बीचमा सर्वाधिक ७५ रनको साझेदारी  भएको थियो । म्याथ्यूजले सर्वाधिक ५२ रन जोड्दा चण्डिमलले दोस्रो सर्वाधिक रन ३३ बनाएका थिए ।
 

अन्तिम अपडेट: चैत १८, २०८०

तपाईको प्रतिक्रिया