दिपावलीको बत्ती बाल्दा करेन्ट लागेर एक बालकको ज्यान गयो

 कात्तिक २१, २०७५ बुधबार १९:६:११ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको मलंगवा–१० मा करेन्ट लागेर एक जना बालकको ज्यान गएको छ । 

दिपावलीको बत्ती बाल्न  प्रयोग गरिएको तारबाट करेन्ट  लाग्दा रामेश्वर रायको १० वर्षका छोरा निशान्त रायको ज्यान गएको हो । घरको छतमा रहेको बिजुलीको तार छुँदा करेन्टको झड्का लागेर बालक भूइँमा बजारिएका थिए । मृतक बालकको शव पोष्टमार्टमका लागि सर्लाही अस्पताल मलंगवा राखिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया