एएफसी यू–२३ च्याम्पियनसिप छनोट चरणको खेलतालिका सार्वजनिक, यस्तो छ नेपालको समूह

 कात्तिक २१, २०७५ बुधबार १९:३१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सन् २०२० मा थाइल्याण्डमा हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोट चरणको खेल तालिका सार्वजनिक भएको छ । 

सार्वजनिक तालिकाअनुसार ११ वटा समूहमा चार–चार टिम रहेका छन् । जसअनुसार नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान रहेका छन् । नेपालले पछिल्लो पटक भएको यू–२३ छनोट चरणबाट नै घर फर्किएको थियो । 

यू–२३ उमेर समूहमा नेपालको नतिजा राम्रो रहन सकेको छैन । कतारमा हुने प्रतियोगिता सन् २०१९ को मार्च २२ देखि २६ तारिखसम्म चल्नेछ । नेपाल रहेको समूह ए को छनोट खेल कतारमा हुने छ ।

यस्तो छ तालिका 

समूह ए – कतार, ओमान, नेपाल, अफगानिस्तान
समूह बी – प्यालेस्टाइन, बहराइन, बंगलादेश, श्रीलंका
समूह सी – इराक, इरान, तुर्कमेनिस्तान, यमन
समूह डी – साउदी अरेबिया, यूएई, लेबनान, मालदिभ्स
समूह ई – जोर्डन, सिरिया, किर्गिस्तान, कुवेत
समूह एफ – उज्बेकिस्तान, ताजिकिस्तान, भारत, पाकिस्तान
समूह जी – उत्तर कोरिया, हङकङ, सिंगापुर, मंगोलिया
समूह एच – दक्षिण कोरिया, अष्ट्रेलिया, कम्बोडिया, चाइनिज ताइपेइ
समूह आई – जापान, म्यानमार, टिमोर लेस्टे, मकाउ
समूह जे – मलेसिया, चीन, लाओस, फिलिपिन्स
समूह के – भियतनाम, थाइल्याण्ड, इन्डोनेसिया, ब्रुनाई
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया