प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
सर्लाही – ब्रम्हपुरी गाउँपालिका-७ नोकेलवामा आगोलागी दिपालीका लागि जीपमा बत्ती बाल्दा जीप नै जलेर नष्ट भएको छ । जीपभित्र सुतेका एकजनाको पनि ज्यान गएको छ ।
घरको आगनमा पार्किङ गरेर राखेको बीआर ०६ एपी २०१८ नम्बरको बलेरो जीपमा दिपावली गर्न बालेको आगो सल्किँदा जीपभित्र सुतिरहेका रामलाल रायको १२ वर्षका छोरा धनिकलाल रायको ज्यान गएको हो । जीप पूर्ण रुपमा जलेको छ ।
त्यस्तै गएराति चन्द्रनगर, गोडैता, रामनगर लगायतका स्थानमा आगो लाग्दा १४ लाख रुपैयाँ बराबरको क्षति भएको सर्लाही प्रहरीले जनाएको छ।