ओलम्पिक फुटबल छनोट : नेपाल र भारतको बराबरी, म्यानमारमा पनि नेपाललाई दर्शककाे साथ

 कात्तिक २२, २०७५ बिहिबार १६:३८:२७ | उज्यालो सहकर्मी

जापानमा हुने ओलम्पिक अन्तर्गत एसिया छनोट महिला फुटबलमा नेपालले भारतसँग १–१ को बराबरी खेलेको छ । 

म्यानमारको यांगुनमा बिहीबार भएको पहिलो खेलमा नेपालले भारतसँग १ – १ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ११ औं मिनेटमा नेपालले निरु थापाको गोलबाट अग्रता लिए पनि ३७ औँ मिनेटमा भारतका लागि कमला देवीले गोल गर्दै खेल बराबरीमा ल्याएकी हुन् । 

नेपालले अर्को खेल आइतबार म्यानमार र २७ गते बंगलादेशसँग खेल्नेछ । ओलम्पिकको एसिया छनोटका लागि पहिलो चरणमा ४ समूहमा १८ देशले खेल्दैछन् ।

हरेक समूहका विजेता र उपविजेता तथा तेश्रो हुनेमध्ये दुई टिम अर्को चरण प्रवेश गर्नेछन् । 

म्यानमारमा खेल भएकाे भए पनि केही नेपाली नेपालकाे झण्डा लिएर र‌गशालामा उपस्थित भएका थिए । 

तस्बिर - म्यानमार फुटबल संघ

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया