‘सबैकी दिदी’ अञ्जलीले २ सय जनालाई भाइटीका लगाइदिइन्

 कात्तिक २३, २०७५ शुक्रबार १७:६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दिदीबहिनीको हातको टीका लगाउन नपाएका र दिदीबहिनी नभएकालाई सबैकी साझा दिदी अञ्जली मास्केले भाइटीका लगाइदिनु भएको छ । 

मास्केले झण्डै २०० जनालाई टीका लगाइदिनुभएको हो । उहाँले सगुन भने २०८ जनालाई तयार गर्नु भएको थियो ।  वि.सं. २०५५ देखि अञ्जली दिदी र अञ्जली दिदीकी दिदी रेणु मास्के प्रधान मिली सामूहिक भाइटीका लगाउँदै आउनुभएको छ । 

मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो । मास्केले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाएर सयपत्री फूलको माला, सप्तरङ्गी टीका लगाइदिँदै आशीर्वाद दिनुभएको थियो ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया