रुकुम पश्चिममा जीप दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते

 कात्तिक २३, २०७५ शुक्रबार १९:१२:० | रासस

रुकुम पश्चिम – रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बाँफिकोट गाउँपालिका–३, दहखोलामा शुक्रबार बेलुकी जीप दुर्घटना हुँदा चालक आठबिसकोट नगरपालिका–१ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो । 

स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु१ज २६६८ नम्बरको जीप दुर्घटना हुँदा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुर्घटनामा परि विककी पाँच वर्षीया छोरी पार्वती गम्भीर घाइते भएकी प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । 

घाइते विकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ । विक जीप लिएर नेपानेमा रहेको ससुरालीमा जाँदै गरेको दुर्घटना भएको बताइएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया