जुुवा खेल्न नदिँदा प्रहरीमाथि आक्रमण

 कात्तिक २४, २०७५ शनिबार ९:६:३७ | अमर सुनार
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दैलेख – कौडा खेल्न लागेको समूहलाई रोक्न खोज्दा दुल्लूमा गएराति प्रहरी टोलीमाथि आक्रमण भएको छ ।

त्यसक्रममा कौडा खेल्ने समूहले प्रहार गरेको ढुंगा लागेर इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक बजीरसिंह बिष्ट, प्रहरी सहायक निरीक्षक सुजन खड्कालाई टाउकोमा गम्भीर चोट लागेको छ । घाइतेहरुको दुल्लू अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी र स्थानीयबीच दोहोरो झडपको स्थितिलाई नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर समेत गरिएको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

घटनाबारे बुझ्न प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पोखरेलको टोली अहिले बिहान त्यहाँ जाँदै छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया