आईसीसी महिला टी–२० विश्वकप : बंगलादेशविरुद्ध ओयोजक वेष्ट इण्डिजको शानदार जित

 कात्तिक २४, २०७५ शनिबार ११:१९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी महिला टी–२० विश्वकपमा आयोजक वेष्ट इण्डिज विजयी भएको छ ।

समूह ए मा रहेको घरेलु टिम वेष्ट इण्डिजले बंगलादेशलाई ६० रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले २० ओभरमा ६ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । इण्डिजका लागि किसिया ए नाइटले ३२ रनको सर्वाधिक योगदान दिइन् । यस्तै स्टेफेनी टेलरले २९ रन जोडिन ।

बलिङतर्फ बंगलादेशकी जहानारा आलमले तीन विकेट लिइन भने रुमाना अहमेदले दुई तथा सल्मा खातुन र खादिजा तुल कुब्राले १–१ विकेट लिए । १०७ रनको लक्ष्य पछएको बंगलादेश १४।४ ओभरमा ४६ रनमा अलआउट भयो । बंगलादेशका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङतर्फ डिड्रा डोटिनले पाँच विकेट लिइन भने सकिरा सिलम्यानले २ विकेट हात पारिन् ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया