बारामा ट्याक्सी दुर्घटना, तीनजनाको ज्यान गयो

 कात्तिक २४, २०७५ शनिबार १२:५४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढको भमरा पुलमा ट्याक्सी दुर्घटना भएको छ । दुर्घटनामा तीनजनाको ज्यान गएको छ ।

दुर्घटनामा दुईजना घाइते भएका छन् । राति साढे १ बजेतिर भएको दुर्घटनामा भक्तपुरका ट्याक्सी चालक समुद्र श्रेष्ठ, ट्याक्सीमा रहेका निजगढका आकाश माझी र विशाल माझीको ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्याक्सीमा रहेका निजगढका नरेश माझी र अर्जुन माझी घाइते भएका छन् । ग १ च २३२५ नम्बरको बोलेरो जीप र बा २ ज २११७ नम्बरको ट्याक्सी ठोक्किँदा भमरा पुलमा दुर्घटना भएको हो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया