धादिङमा दुई वटा बस ठोक्किए : एक जना चालकको ज्यान गयो, ३१ घाइते

 कात्तिक २४, २०७५ शनिबार १३:५७:४१ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत बेनीघाटरोराङ गाउँपालिका वडा नम्बर –३, मालिंगामा शनिबार दिउँसो दुइवटा सवारी साधन एक आपसमा ठक्कर खाँदा एक जना चालकको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् । 

नारायणघाटबाट काठमाडाै‌ंतर्फ आउँदै गरेको बा ७ ख ५२८१ नम्बरको यात्रुवाहक बस र काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा १ प ९७७ नम्बरको पर्यटक बस एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । 

मृत्यु हुनेमा चितवनकाे पिप्ले निवासी ४० वर्षीय इश्वर भण्डारी रहेका छन् । उनी ना ७ ख ५२८१ नम्बरको बस चालक रहेको प्रहरीले जानकारी दिएको छ । घाइते भएका चालक भण्डारीको गजुरी अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको थियो । 

घाइतेहरुमध्ये १८ जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा र १३ जनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

दुर्घटनापछि केही बेर राजमार्ग अवरुद्ध भएकोमा प्रहरीले दुर्घटनाग्रस्त गाडी पाखा लगाएर राजमार्ग सञ्चालनमा ल्याएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया