माग सम्बोधन नगरेसम्म राजपा सरकारमा नजाने

 जेठ २७, २०७५ आइतबार १२:१६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले  माग सम्बोधन नगरेसम्म सरकारमा जाने बिषय  नसोचेको बताउनु भएको छ । 

विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै महतोले सरकारमा जाने विषयमा विभिन्न चरणमा सरकारसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । तर माग सम्बोधन नगर्दासम्म सरकारमा जाने बारेमा कुनै धारणा नबनेको उहाँले स्पष्ट पार्नुभयो । 

महतोले भन्नुभयो ‘सरकारलाई राजपाले समर्थन गरेकै छ त्यसमा अब हाम्रो मागको विषयमा सरकारले कसरी सम्बोधन गर्छ त्यो पर्खिएर बसेका छौँ, हामीले सरकारलाई समर्थन गरेपछि सरकारका तर्फबाट पनि काम हुनु पर्यो त्यसपछिमात्र सरकारमा जाने वातावरण बन्छ ।’

उहाँले मधेशमा भएको ६ महिनाको कठोर आन्दोलनलाई देखाउने दाँतको रुपमा संज्ञा नदिनसमेत आग्रह गर्नुभयो । अहिले पनि संविधान संशोधन, कार्यकर्तालाई लगाएको झुठा मुद्दा, आन्दोलनकारीहरुलाई जेलमा हालिएका विषयलाई सम्बोधन नगरिएको उहाँको भनाई छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया