आगो नियन्त्रण गर्न गएको दमकल पानी बिना नै घटनास्थल पुगेपछि...

 कात्तिक २५, २०७५ आइतबार १२:३:४० | जयराज अवस्थी
unn.prixa.net

बैतडी – पाटन नगरपालिका वडा न ४ को जोलाबाँजमा स्थानीयको खरको थुप्रो र परालमा आगलागी भएको छ । 

आगलागी हुने बित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो तर दमकलमा पानी नै थिएन । दमकलमा पानी नभएका कारण पानी भर्न फेरि दमकल फर्किएको थियो । 

दमकलमा पानी नहुँदा आगलागीबाट सबै खर पराल जलेर नष्ट भएको थियो । आगलागीबाट करिब ७० हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । स्थानीय शेरसिंह महराको खरको थुप्रो र परालमा आगलागी भएको थियो । 

आइतबार बिहान साढे चार बजे घर परिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा टोली खटिएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताउनुभयो । 

दमकलमा पानी नभएका कारण बढी क्षति भएको भन्दै स्थानीयबासीहरुले असन्तुष्टी जनाएका छन् । गाईवस्तुका लागि हिउँदमा खुवाउन जम्मा गरेको पराल र खर आगलागीबाट जलेर नष्ट भएको हो । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया